युद्धविराम अवधि सकिएपछि जबरजस्ती विस्थापनको आदेश जारी हुँदा पछिल्ला दुई दिनमा मात्रै एक लाख मानिसहरू रफाहबाट विस्थापित भएका छन्।
निरन्तरको युद्धका कारण गाजा मृत्युको जाल बनेको संयुक्त राष्ट्रसंघका मानवीय अधिकारी जोनाथन ह्विटलले बताएका छन्।
कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघका कार्यवाहक निर्देशक ह्विटलले बुधबार गाजामा रगत, पीडा र मृत्युको अनन्त चक्र चलिरहेको उल्लेख गरे।
कार्यालय परिसरमा नै ट्यांकमा आगलागी हुँदा आफ्ना सहकर्मीको मृत्यु भएको तथा अन्य गम्भीर घाइते भएको उनको भनाइ छ। चरम द्वन्द्वका कारण अन्तर्राष्ट्रिय सहायता र अस्पताल प्रभावित भएका छन्।
मानवीयताका आधारमा सहयोग गरिएका गाडी द्वन्द्वमा मारिएका मानिस बोक्न प्रयोग गर्नुपरेकोमा उनले चिन्ता व्यक्त गरे। खाद्यान्न वितरणस्थलमा बम प्रहार गरी सहायताकर्मीको हत्या हुनु निन्दनीय भएको उनको भनाइ छ।
युद्धविराम अवधि सकिएपछि जबरजस्ती विस्थापनको आदेश जारी हुँदा पछिल्ला दुई दिनमा मात्रै एक लाख मानिसहरू रफाहबाट विस्थापित भएका छन्।
गाजामा बढ्दो युद्व चक्रबाट मानिसहरूको निरन्तर मृत्यु भएकोमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धविराम पछि मानिसको हत्या भएको घटनाको निन्दा गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
