नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७०३.३९ को बिन्दुमा कायम भएको छ भने सात अर्ब ८४ करोडमाथिको शेयर किनबेच भएको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ। बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो। बिहीबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७०३.३९ को बिन्दुमा कायम भएको हो।

यस दिन ३२४ कम्पनीको एक करोड ५५ लाख दुई हजार ९९८ कित्ता शेयर ६९ हजार ०८९ पटक खरिदबिक्री भयो। जसबाट सात अर्ब ८४ करोड ४६ लाख ४२ हजार ४८७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। बुधबार पाँच अर्ब ४४ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। 

यस दिनको कारोबार चार वटा समूहको उपसूचक बढेको छ भने नौ वटाको घटेको छ। बैंकिङ ०.९६, जलविद्युत् ०.०३, निर्जीवन बीमा ०५९ र अन्य समूहको उपसूचक १.४५ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक ०.१७, वित्त १.५९, होटल तथा पर्यटन ०.१२, लगानी ०.०३, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.९८, लघुवित्त ०.३७ र म्युचुअल फन्डको उपसूचक ०.२४ प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा ग्रिन भेन्चुरको शेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ। सबैभन्दा बढी उपकार लघुवित्तको शेयर मूल्य ७.८५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ७२ करोड ३२ लाख ३८ हजार ८६० रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीको सात लाख ४७ हजार ६४२ कित्ता किनबेच भएको छ।