रेडपान्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ। तर पछिल्लो समय निगालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपान्डा संकटमा पर्ने जोखिम छ।
ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख हाब्रे (रेडपान्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ। रेडपान्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो।
रेडपान्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ। तर पछिल्लो समय निगालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपान्डा संकटमा पर्ने जोखिम छ।
रेडपान्डा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरेको उनको भनाइ छ। आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकमा रेडपान्डा भेटिएको छ। पहिलेको तुलनामा अहिले बढी मात्रामा देखिने गरेको सुवेदीको भनाइ छ।
“२०७२ सालसम्म ढोरपाटनमा रेडपान्डा छिटपुट रूपमा थिए, २०७४ सालमा सर्भे गर्दा सबै ब्लकमा रेडपान्डा भेटिए, अहिले धेरै ठाउँमा बाक्लो रूपमा भेटिन्छन्,” उनले भने, “अहिले करिब ३०० को हाराहारीमा रेडपान्डा ढोरपाटनमा रहेको हाम्रो आकलन छ, जुन संख्या मुलुकभरका राष्ट्रिय निकुञ्जमा भएको भन्दा बढी हो।”
आरक्ष क्षेत्रबाहेक बागलुङका माथिल्लो वनक्षेत्रमा पनि रेडपान्डा पाइने डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थीले बताए। बढ्दो डढेलो, जंगल फडानी र जनघनत्वका कारण यसको संरक्षणमा चुनौती बढेको उनको भनाइ छ। संरक्षणका लागि स्थानीय सरकार जागरूक बन्नुपर्ने भन्दै स्थानीयलाई सचेत बनाउनुपर्ने पन्थीले बताए।
खासगरी कर्णालीभन्दा पूर्वी क्षेत्रको उच्च पहाडी र हिमाली क्षेत्रमा रेडपान्डा पाइने गर्छ। अहिले मुलुकका २३ हिमाली तथा पहाडी जिल्लामा मात्रै रेडपान्डा पाइन्छ। यसले खाने निगालोको टुसासमेत संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ। यो लजालु स्वभावको हुनेहुँदा यसलाई सामान्य पनि बाधा पुग्ने काम गर्न नहुने पन्थीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
