पछिल्लो साता पाँचथरका विभिन्न ठाउँमा आगलागी र डढेलोका घटना भएका छन्। जंगलमा आगो लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पाँचथर– कुम्मायक गाँउपालिका–३ ताम्राखु जंगलमा लागेको डढेलोमा परेर एक जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन्।
जंगलमा घाँस काट्न गएकी २२ वर्षीय प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको पाँचथरका प्रहरी प्रमुख डीएसपी कौशल बुढाथोकीले बताए। उनीसँगै घाँस काट्न गएका अन्य चारजना डढेलोमा फसेका थिए।
घाइते २८ वर्षीया सविना सम्बाहाम्फे, ११ बर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। यस्तै, ठाउँको डढेलो निभाउन गएका कर्का स्थानीय खगेन्द्र विक लडेर घाइते भएका छन्।
यस्तै, फिदिम नगरपालिका–१३ र १४ को सिमानाको वनमा लागेको डढेलोमा परेर ४७ वर्षीया उषा नेम्बाङ राई गम्भीर घाइते भएकी छन्। दाउरा लिएर घर फर्किँदै गर्दा उनलाई डढेलोले भेटेको थियो। पाँचथर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई पनि धरान पठाइएको छ।
पछिल्लो साता पाँचथरका विभिन्न ठाउँमा आगलागी र डढेलोका घटना भएका छन्। जंगलमा आगो लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
