सेप्टेम्बरमा इबोला महामारी शुरू भएयता त्यहाँ २९ जनाको ज्यान गइसकेको छ भने ६३ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौँ- पूर्वी अफ्रिकी मुलुक युगान्डामा इबोला संक्रमण तीव्र भएसँगै उच्च जोखिमयुक्त दुई जिल्लामा तीन साता लामो लकडाउन घोषणा गरिएको छ।
युगान्डाका राष्ट्रपति यावेरी मुसेविनीले लकडाउन घोषणा भएका जिल्ला मुबेन्दी र कास्सान्डामा हुने आवागमनमा पूर्ण रोक लगाइएको बताए। ती क्षेत्रमा कर्फ्युसमेत लगाइने उनले बताए।
लकडाउन अवधिभर प्रार्थनास्थल, बार, जिम तथा सबै मनोरञ्जनात्मक क्षेत्रहरू बन्द हुनेछन्। विद्यालय भने खुला रहने बताइएको छ। कन्ट्याक ट्रेसिङ र स्थानीय स्वास्थ्य सेवाका लागि सहयोग बढाइने युगान्डाका स्वास्थ्यमन्त्रीको भनाइ छ।
अमेरिकाको रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडिसी)का अनुसार इबोलाका संक्रमितमा मृत्युदर उच्च हुन्छ। भाइरस शरीरसँग र शरीरको तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क आएपछि मात्रै फैलिन्छ। तर, हावाको माध्यमबाट सर्दैन।
इबोला संक्रमण भइसकेपछि निको हुँदैन। साथै यसविरुद्ध प्रभावकारी खोपसमेत प्रमाणित भइसकेको छैन। तर, खोप विकासको प्रयास जारी छ।
एक महिनाअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रियससले कंगोमा इबोला महामारी नियन्त्रण गर्न प्रयोग भएको खोप युगान्डामा देखिएको इबोलाको 'भेरियन्ट' नियन्त्रण गर्न प्रभावकारी नहुने बताएका थिए।
यद्यपि, यसका लागि केही खोप विकासको चरणमा रहेको बताइएको छ। तीमध्ये दुईवटा खोपको आगामी सातामा क्लिनिकल ट्रायल हुनेछ।
यस्तै, युगान्डाको नियमनकारी र नैतिक पाटोको परीक्षणसमेत बाँकी रहेको गेब्रियससले बताए। युगान्डाले चारपटक इबोला संक्रमणको महामारी भोगिसकेको छ। यसअघि सन् २००० मा इबोला महामारीका कारण २०० भन्दा बढी मानिसको ज्यान गएको थियो।
युगान्डामा सेप्टेम्बरमा इबोला महामारी शुरू भएकोमा २९ जनाको ज्यान गइसकेको छ भने ६३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण भएका व्यक्तिमा ज्वरो, टाउको दुख्ने, हाडजोर्नी दुख्ने, खाना रूची नहुने, पाचनमा समस्या हुने र रक्तश्रावजस्ता लक्षण नदेखिएसम्म यो त्यति संक्रामक नहुने सिडीसीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
