जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ८:१० को समयमा ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

काठमाडौँ– जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार जाजरकोटको जाजरकोटको पैंकआसपास केन्द्रबिन्दु भएर शुक्रबार ८:१० को समयमा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।

त्यसको तीन मिनेट अगाडि अर्थात् ८:७ को समयमा सोही स्थान केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा समेत गरिएको थियो।

यसअघि बिहीबार दार्चुला केन्द्रबिन्दु भएर ४.० भ्याग्निच्युडको भूकम्प गएको थियो।