राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि संसद् सचिवालयले सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ।
काठमाडौँ– संघीय संसद् सचिवालयले राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्ने बताएका हुन्।
"राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्ने गरी कानूनमा व्यवस्था भएको हुनाले त्यहीअनुसार अजेन्डा अघि बढ्छ", उनले भने।
उनले संसद् भवनमा बिहीबार १ बजे नवनिर्वाचित सांसदको पद तथा गोपनीयताको शपथ हुने बताए। उनका अनुसार बानेश्वरको आईसीसी हलमा सांसदको शपथ ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले गराउने छन्।
उनले मातृभाषामा शपथ लिन चाहने सांसदले पूर्वसूचना दिएपछि मात्रै मातृभाषामा शपथ गराइने बताए। "हामीले शपथग्रहणका लागि नेपाली भाषामा लेखिएको प्रमाणपत्रको बेहोरासहितको पत्र उहाँहरूलाई उपलब्ध गराउनेछौँ। त्यसपछि पूर्वसूचना दिएर मातृभाषामा शपथग्रहणका लागि अनुवाद गरेर उहाँहरूले लिएर आउनुहुन्छ। त्यसलाई पनि हामीले समावेश गर्नेछौँ", उनले भने।
प्रवक्ता पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथपछि संसद्मा सहभागी राजनीतिक दलहरूले संसदीय गतिविधि औपचारिक रूपमा अघि बढाउन सक्ने पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
