यस्तो रहनेछ शनिबारको मौसम

कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा वर्षासहित हिमपातको सम्भावना छ।

काठमाडौँ– देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहनेछ। 

कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा वर्षासहित हिमपातको सम्भावना छ।

यसैगरी, राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।