प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको निर्वाचनमा नौ हजार ९५७ मतदाता रहेका छन्। काठमाडौँ र बाहिर गरी ३६ वटा मतदान केन्द्र तोकिएको छ।
काठमाडौँ– नेपाल बार एसोसिएसनको २७औँ कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ। मतदान बिहान ८ बजे शुरू भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ। यस पटकको निर्वाचनमा सत्तारुढ दलनिकट कानून व्यवसायी र विपक्षी दलनिकट व्यवसायी प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।
अध्यक्षमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसनिकट कानून व्यवसायीको बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र प्रतिपक्षी दलहरू नेकपा माओवादी, रास्वपालगायत दलनिकट कानून व्यवसायीको व्यावसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ।
दुवैले न्यायालयको सुधारका लागि आ–आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन्। वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहले आफ्नो उम्मेदवारी नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आवश्यक कदम चाल्न, सशक्त, प्रभावकारी एवं कार्यमुखी बार निर्माण गर्न भनेको छ ।
“न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने, व्यावसायिक सुरक्षा र समग्र न्यायालयको सुधारका लागि यो समूहको उम्मेदवारी हो,” अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्रले भने, “न्यायपालिकाको प्रत्येक गतिविधिलाई पारदर्शी बनाइ न्यायको उपभोक्तालाई सहज र सहज न्याय दिलाउनु साथै न्यायालयको छविलाई उच्च बनाउन काम गर्नेछौँ।”
यो समूहको प्रतिबद्धतापत्रमा बलियो बार, बलियो र सशक्त दबाबद्वारा प्रभावकारी भूमिका निर्वाह गर्न, संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकार र पेसागत हकहितको संरक्षण गर्न, नवोदित युवा र महिला कानुन व्यवसायीका लागि विशेष नीति, योजना र कार्यक्रम सञ्चालन गर्न रहेको उल्लेख छ।
त्यस्तै, कृत्रिम बौद्धिकताका अवसरलाई उपयोग गर्दै चुनौतीको सामना गर्न, प्राज्ञिक, व्यावसायिक र अनुसन्धानमूलक संस्थाको रूपमा नेपाल बारलाई विकसित गर्न र समग्र कानुन प्रणालीको सुधारका लागि दबाबमूलक कार्यक्रम निरन्तर सञ्चालन गर्नलगायत रहेको छ ।
त्यस्तै, अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता डा. श्रेष्ठले नेपाल बार एसोसिएसनको संस्थागत सुधार र कानुन व्यवसायीको क्षमता अभिवृद्धिमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। “हाम्रो समूहको नेतृत्वलाई बारको नेतृत्व गर्ने अवसर मिलेमा नेपाल बारको संस्थागत सुधार गर्नुका साथै न्यायपालिकाको पुनर्संरचना गर्नेछौँ,” उनले भने, “कानून व्यवसायीको दक्षता अभिवृद्धि गर्दै भ्रष्टाचारमुक्त न्यायालय बनाउन लाग्नेछौँ।”
कानून व्यवसायीको व्यावसायिक हकहित, इज्जत प्रतिष्ठा र व्यावसायिक सुरक्षा गर्ने, स्वतन्त्र, सक्षम, जबाफदेहिता न्यायपालिका र भ्रष्टाचारमुक्त न्यायालय, कानुन व्यवसायीलाई सूचना प्रविधिमा दक्ष बनाउने कार्यक्रम सञ्चालन गर्नेलगायत यो समूहका प्रतिबद्धता रहेका छन् ।
बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जनागरी पाँचजनाको उम्मेदवारी परेको छ। अध्यक्षमा अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेलले पनि उम्मेदवारी दिएका छन्। वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहेका छन् भने वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार यस पटक बारको निर्वाचनमा नौ हजार ९५७ मतदाता रहेका छन्। बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ। काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेको छ। काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ। यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन्। बिहान ८ बजेदेखि मतदान सुरु भएर ४ बजे सम्पन्न हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
