नेपालमा गत आर्थिक वर्ष १० हजार ११२ मेट्रिकटन आयात भएको थियो। सोबापत ६८ करोड ८४ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ।
काठमाडौँ– गहुँ नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो। गहुँलाई प्रोटिनको मुख्य स्रोत मानिन्छ।
यसको खेती नेपालको तराईदेखि उच्च पहाडसम्म हुने गरेको छ। आर्थिक वर्ष २०७९/८० मा सात लाख १६ हजार ९७८ हेक्टरमा गहुँखेती भई २१ लाख ४४ हजार ५६८ मेट्रिक टन उत्पादन भएको थियो। हाल नेपालमा गहुँको उत्पादकत्व २.९९ मेट्रिकटन प्रति हेक्टर रहेको छ।

पछिल्लो समय गहुँखेतीको क्षेत्रफल र उत्पादन बढेको भए पनि गहुँ, गहुँको बिउ तथा गहुँजन्य वस्तुको आयात भने घट्न सकेको छैन। चालु आर्थिक वर्षको चार महिनामा ९८ करोड ६७ लाख रुपैयाँ बराबरको २० हजार २७९ मेट्रिकटन गहुँजन्य वस्तु आयात गरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्षमा १० हजार ११२ मेट्रिकटन आयात भएको थियो। सोबापत ६८ करोड ८४ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ।

यतिबेला सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका खेत गहुँले हरियाली भएका छन्। सो क्षेत्रको प्रमुख खाद्यबाली आलु, गहुँ, मकै र कोदो हुन्।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
