अर्घाखाँचीमा जिप दुर्घटना: २ जनाको मृत्यु, २ घाइते

लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो। 

अर्घाखाँची– अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। 

मालारानी गाउँपालिका–३ ढुंगाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा भएको दुर्घटनामा दिलीप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो। 

घाइते भुवन पोख्रेल र वसन्त पोख्रेललाई थप उपचारका लागि बुटवल लगिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।