राष्ट्रिय मौसम सेवाले मध्यपूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म व्यापक रूपमा आकस्मिक बाढी आउनसक्ने चेतावनी दिएको छ।
अमेरिकाको मध्यपूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ।
अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनमा क्षति पुर्याएको, सडक बाढीमय भएको र दर्जनौँ चक्रवात उत्पन्न भएको अधिकारीहरूले जनाएका छन्।
टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको छ। केन्टुकी राज्यका गभर्नर एन्डी बेशियरका अनुसार बाढीका कारण एक बालकसहित दुई जनाको मृत्यु भएको छ। राष्ट्रिय मौसम सेवा (एनडब्लूएस)ले शनिबार आँधीको चेतावनी जारी गरेको थियो ।
सामाजिक तथा स्थानीय सञ्चारमाध्यममा शेयर गरिएका तस्वीरमा आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरु ढलेको, बिजुलीको तार ढलेको र कार पल्टिएको देखिएको छ।
राष्ट्रिय मौसम सेवाले मध्यपूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म व्यापक रूपमा आकस्मिक बाढी आउनसक्ने चेतावनी दिएको छ। जसबाट जनजीवन र भौतिक संरचनामा क्षति हुने खतरा रहेको जनाइएको छ।
आँधीका कारण मिसौरीमा दुई र इन्डियानामा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएका छन्। अर्कान्सास राज्यको लिटिल रकस्थित एक घरमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेको राज्यको आपतकालीन व्यवस्थापन निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
“धेरै समुदायमा बाढी रेकर्ड स्तरमा पुगेको छ, राज्यका बासिन्दाहरूलाई यात्रामा ननिस्किन र जल क्षेत्रको नजिक नजान आग्रह गरिएको छ,” केन्टुकीका गभर्नर बेशियरले भने। अर्कान्सास र टेनेसीमा आइतबार बिहानसम्म एक लाखभन्दा बढी ग्राहक विद्युत्विहीन बनेको ट्र्याकिङ वेबसाइट पावर आउटेज डटकमले जनाएको छ।
एनडब्लूएसले टेनेसी भ्याली र लोअर मिसिसिपी भ्यालीका केही भागमा आइतबार मध्यदेखि गम्भीर आँधीबेहरी आउन सक्ने जनाएको छ। वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङले जलवायु परिवर्तन र पानीको चक्रलाई बिथोलिरहेको छ। जसले विपद्हरू निम्तिरहेका छन्।
गत वर्ष अमेरिकामा उच्च तापमानको अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको थियो। चक्रवात र विनाशकारी आँधीबेहरीको असरले प्रभावित तुल्याएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
