इजरायलले दुई बेलायती सांसदहरूलाई आफ्नो देशमा प्रवेश गर्नबाट रोक्दै देश निकाला गरेपछि दुई देशबीच विवाद छेडिएको छ।
इजरायलले दुई बेलायती सांसदहरूलाई आफ्नो देशमा प्रवेश गर्नबाट रोक्दै देश निकाला गरेपछि दुई देशबीच विवाद छेडिएको छ। इजरायलले प्रवेश दिन अस्वीकार गरेका सांसदहरूमा युआन याङ र एब्तेसम मोहम्मद हुन्। यी दुवै महिला सांसद सत्तारुढ लेबर पार्टीका हुन्।
ती सांसदहरू इजरायल हुँदै प्यालेस्टिनी भूमि वेस्ट बैंक जान खोजेका थिए। तर इजरायलमा प्रवेश निषेध गरिएकोमा आफूहरू 'आश्चर्यचकित' भएको बताएका छन्। उनीहरूले इजरायलले कब्जा गरेको प्यालेस्टिनी क्षेत्रको अवस्था प्रत्यक्ष रूपमा देख्न पाउनुपर्ने भए पनि त्यहाँ पुगेर इजरायलविरुद्ध घृणा फैलाउने उद्देश्यले आफूहरूलाई प्रवेश निषेध गरिएको बताएका हुन्।
यो घटनाले दुई देशबीच तनाव सिर्जना गरेको छ। बेलायती विदेश सचिव डेभिड लामीले यसलाई 'अस्वीकार्य र अत्यन्तै चिन्ताजनक' बताएका छन्। यद्यपि, इजरायलले सांसदहरूलाई रोक्नुको कारण अझै खुलाएको छैन। इजरायली अध्यागमन अधिकारीहरूले सुरक्षा अवस्थाको तथ्यांक तयार पार्ने उनीहरूको उद्देश्य रहेकाले फर्काइएको बताएका छन्।
बीबीसीका अनुसार ती दुई सांसद दुई जना सहयोगीका साथ शनिबार दिउँसो लन्डनबाट इजरायल पुगेका थिए तर इजरायली सरकारले उनीहरूलाई आफ्नो देशमा प्रवेश गर्न दिएन। उल्टै केही समय हिरासतमा राखेर चारै जनालाई विमानस्थलबाटै देश निकाला गरेको थियो।
डेभिड लामीले यसप्रति असन्तुष्टि व्यक्त गर्दै भने, "संसदीय प्रतिनिधिमण्डलमा रहेका दुई बेलायती सांसदलाई हिरासतमा लिइनु पूर्णतया अस्वीकार्य र अत्यन्त चिन्ताजनक छ।"
डेभिड लामीले इजरायली समकक्षीसँग कुरा गर्दै त्यसरी दुर्व्यवहार गर्न नहुने बताएका छन्। साथै बेलायती सरकारको ध्यान युद्धविराम गर्ने, रक्तपात रोक्ने र बन्धकहरूलाई रिहा गर्ने कुरामा भएको उनले प्रष्ट पारेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
