गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर संकलन’ कार्यक्रम लागू गरेको छ।
गोरखा– देशैभर वन जंगलमा डढेलो लागिरहेका घटना सार्वजनिक भइरहेका बेला गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर संकलन’ कार्यक्रम लागू गरेको छ। कार्यक्रमअन्तर्गत पालिकाले पतिङ्गर संकलन गरेबापत नगद पुरस्कार दिने घोषणा गरेको छ।
पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर संकलन गर्नेलाई प्रतिकेजी रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। उनका अनुसार व्यक्ति तथा समूहले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर पतिङ्गर संकलन गर्न पाउने छन्। गाउँपालिकाभित्र डढेलो लगाउने कार्य निरुत्साहन तथा वन डढेलो नियन्त्रण गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको अधिकारीले जानकारी दिए।
“संकलित पातपतिङ्गर प्राङ्गरिक मल बनाउन प्रयोग हुन्छ। त्यसको व्यवस्थापन तथा बिक्री वितरणको जिम्मा भने सम्बन्धित सामुदायिक वन तथा वडा कार्यालयलाई दिइनेछ,” उनले भने, “कार्यक्रम नयाँ हो तर यसलाई सबैजनाले सिको गर्न लायक बनाउने लक्ष्य छ।”
पालिकाबाट अनुगमन गरेपछि मात्र पतिङ्गर संकलनबापतको रकम उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए। कार्यक्रमले वन डढेलो नियन्त्रण गर्नुका साथै सामुदायिक वनको आयआर्जन बढाउन पनि सहयोग पुर्याउने विश्वास गरिएको छ।
हाल गाउँपालिकाका अधिकांश वनजंगलमा धमाधम पतिङ्गर संकलन गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
