कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 

राति भने देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।