बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी र कुस्मा नगरपालिका तथा जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको छ।
म्याग्दी– म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्ती संरक्षणका लागि पर्खाल निर्माण थालिएको छ।
बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी र कुस्मा नगरपालिका तथा जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको हो।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीका प्रमुख विदुर श्रेष्ठले तीन सालबसाली योजना निर्माणाधीन र पाँच बहुवर्षीय योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए। यस वर्ष २१ करोड ५४ लाख रुपैयाँ लागतका आठ वटा योजना कार्यान्वयनमा छन्।
बेनी नगरपालिका–४ तातोपानी स्थित सरस्वती मावी पछाडी म्याग्दी नदी किनारमा १ करोड ५५ लाखको लागतमा ६६ मिटर लामो, चार मिटर चौडाइ र तीन/तीन मिटर अग्लो पलम र ग्याबिन पर्खाल निर्माण भइरहेको छ।
मालिका गाउँपालिका–६ दरवाङको म्याग्दी नदी किनारमा ७० लाखको लागतमा कम्पोजित पर्खाल निर्माण भइरहेको छ। ७० लाख रुपैयाँ बजेट विनियोजन भएको बेनी–४ सिंगा र सुर्केमेलामा म्याग्दी नदीको कटान रोकथामका लागि ग्याबियन पर्खाल निर्माण गर्ने योजना निर्माणाधीन छ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, दरवाङ बसपार्कलगायत भौतिक संरचनालाई म्याग्दी नदीको कटानबाट जोगाउन ६५ मिटर लामो कम्पोजित पर्खाल निर्माणका लागि ६ करोड १८ लाख लागत अनुमान गरिएको योजना ठेक्का प्रक्रियामा छ।
तातोपानी बजार संरक्षणको दोस्रो प्याकेज अन्तर्गत म्याग्दी नदी किनारमा १०२ मिटर कम्पोजिट पर्खाल निर्माणका लागि ३ करोड ८१ लाख लागत अनुमान गरिएको ठेक्का मूल्यांकनको अन्तिम चरणमा छ।
कुस्मा नगरपालिका– ४ अर्मादी र जलजला गाउँपालिका कार्यालय रहेको लामाखेतस्थित कालीगण्डकी नदी किनारमा ५ करोड लागत अनुमान गरिएको नदी संरक्षण योजना सञ्चालन गरेको छ। यो योजना पनि मूल्यांकनको अन्तिम चरणमा पुगेको छ।
उक्त योजनामार्फत दुवै स्थानमा ४८/४८ मिटर लम्बाई भएको कम्पोजिट पर्खाल निर्माण गरिनेछ। बेनीको कालीपुल पारी जलजला गाउँपालिका–३ स्थित कालीगण्डकी नदी किनारमा ८० मिटर कम्पोजिट पर्खाल निर्माणका लागि २ करोड ८० लाख लागत अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
