गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो। उनी फागुन २९ गते बिहानदेखि हराइरहेकी थिइन्।
सिरहा– गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको छ। जंगली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिरहा प्रहरीका डीएसपी वीरेन्द्रकुमार पासवानले बताए।
धराप थापेको आरोपमा प्रहरीले गोलबजार–९ गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ। डीएसपी पासवानका अनुसार सार्कीलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो। घरबाट घाँस काट्न जान्छु भन्दै हिँडेकी छोरी हराएको भोलिपल्ट आमा जेहदा खातुनले खोजीका लागि मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन्। बालिका हराएको १३औँ दिन चैत १२ मा बोरामा बाँधेको शव भेटिएको थियो।
त्यसलगत्तै मिर्चैया प्रहरीसहित केन्द्रीय अनुसन्धान ब्युरो, मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धानका क्रममा चैत २४ मा सार्कीलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा फागुन २९ गते बिहान करिब ९ बजेतिर सार्कीले जंगली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केहीबेरमै बालिका चिच्याएको पाइएको प्रहरीले जनाएको छ।
घटनापछि शवलाई बोरामा हालेर घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
