ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ वर्षदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ।
काठमाडौँ– एक हप्तासम्म परीक्षण गरिएका महिलाहरूमध्ये ४८ जनामा एचपीभी (ह्युमन प्यापोलिमा भाइरस) डीएनए पोजेटिभ देखिएको छ।
काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत १२ गते थालेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षणका क्रममा चैत १८ गतेसम्मको रिपोर्टमा यस्तो अवस्था देखिएको हो। ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ वर्षदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ। ३० वर्षदेखि ६० वर्ष समूहका महिलाले हरेक ५ वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्ने डाक्टरहरूको सुझाव छ।
परीक्षणका लागि चैत २५ गतेसम्ममा ८४६ जना महिलाहरूको नाम दर्ता भएकोमा तीमध्ये ६१३ जनाको परीक्षण भइसकेको महानगरले जनाएको छ। परीक्षण गरिएकामध्ये २२ जनामा स्त्री तथा प्रसूतिसँग सम्बन्धित समस्यासमेत देखिएको छ।
यस्तै, परीक्षण गरिएकामध्ये १४४ जनाको मेमोग्राम गरिएको छ। वंशानुगत स्तन क्यान्सर भएका, गएको वर्षको परीक्षणमा पोजेटिभ देखिएपछि बल्ल सम्पर्कमा आएका र यस वर्षको प्रारम्भिक परीक्षणका क्रममा थप जाँच गर्नु पर्ने देखिएका महिलाहरूको स्तनको मेमोग्राम गरिएको हो।
महानगरको यो नि:शुल्क परीक्षणको सेवा लिन सबैभन्दा पहिले आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ। यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ। यो स्लिप लिएर परीक्षणका लागि वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा जानुपर्ने महानगरले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
