आज नेप्से ३.४४ अंकले घटेर २,६६६.६१ को विन्दुमा झरेको छ। साथै कारोबार पनि घटेको छ।
काठमाडाैँ– साताको दोस्रो कारोबार दिन पनि शेयरबजार परिसूचक नेप्से ओरालो लागेको छ। सोमबार ३३ अंकले घटेको नेप्से मंगलबार ३.४४ अंकले घटेर २,६६६.६१ को विन्दुमा झरेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब ६५ अर्बको कारोबार भएकोमा आज ३२१ स्टकको १ करोड ६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्रीमा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँबराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।
मंगलबार ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, मैलुङ्ग खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड १४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। त्यस्तै, वित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। भने अन्य कम्पनीको शेयर घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
