‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरू भएको छ।
काठमाडाैँ– ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरू भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मेलनले नेपालको लेखा व्यवसायको इतिहासमा प्राप्त अनुभवको विश्लेषणबाट उपयुक्त निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे। साथै उनले कर प्रणालीको आधुनिकीकरण, कर नीतिहरूमा सुधार, करको दायरा बिस्तार र करछली दुरुत्साहन गर्न सरकारले गम्भीर भएर काम गरीरहेको पनि बताए।
“सुशासन, पारदर्शिता, स्रोतको अधिकतम र उच्चतम प्रयोगका निम्ति यस संस्था र संस्थामा आबद्ध हुनुभएका यहाँहरूप्रति राष्ट्रले ठूलो आशा गरेको छ,” उनले भने “त्यो अपेक्षा पूरा गर्न यहाँहरूबाट अझ प्रभावकारी र संगठित प्रयास हुनेछ भन्ने विश्वास छ।”
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले अर्थतन्त्रको रुपान्तरणको लागि कर प्रणाली र सार्वजनिक वित्त व्यवस्थापनको आधुनीकीकरणलाई सम्मेलनले मुख्य औजारको रूपमा उठाएको हुँदा सरकारको योजना निर्माण र आर्थिक सुधारका लागि यो महत्त्वपूर्ण रहेको बताए। नेपालको कर प्रणाली र सरकारको खर्च गर्ने तौरतरिका दुवैमा सुधारको आवश्यकता रहेको उनको भनाइ थियो।
“योजना आयोगले योजना बैंकको कुरा गरेको छ, ३ करोडभन्दा कमको आयोजनामा बजेट विनियोजन नगरौँ भनेको छ,” उनले भने “यो सबै बजेट विनियोजनमा पारदर्शिता कायम गर्नका लागि हो। तपाईंहरू पनि यही लाइनमा हुनुहुन्छ। दुवैसँगै मिलेर जाने सही समय पनि हो यो।”
कार्यक्रम आयोजक आईक्यानका अध्यक्ष चार्टड अकाउन्टेन्ट (सीए) प्रविनकुमार झाले सार्वजनिक वित्त व्यवस्थापन प्रणाली बलियो बनाउन र नेपालको कर प्रणाली सुधारका लागि सम्मेलन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। कर प्रशासनको आधुनिकीकरण, प्रविधिको प्रयोग, तथ्याकंको विश्लेषण र अन्तर्राष्ट्रिय अभ्यासको पालना गर्नु अहिलेको आवश्यकता रहेको भन्दै लेखा व्यवसायीले पनि यसमा अझै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।
“करको क्षेत्रमा विगतमा धेरै प्रगति गरेका छौं, तर अझै काम गर्न बाँकी छ। अहिले पनि संस्थाहरूको बिजनेस डिसिजनमा लेखाकंन र वित्तीय प्रतिवेदन प्रणाली लागू भएको छैन,” उनले भने “यसलाई सुधार गर्नुपर्छ। जब वित्तीय तथ्यांकका आधारमा निर्णय गरिन्छ, तब मात्र व्यवसायले हाम्रो मूल्य बुझ्छ।”
कार्यक्रममा नेपाल अडिटर्स एसोसिएसन(अडान)का वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराई, नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संघ (एक्यान)का अध्यक्ष अरुण राउत तथा महालेखापरीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बामदेव शर्मा अधिकारी लगायतले आआफ्नो भनाइ राखेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
