देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा

पानी नपर्दा काठमाडाैँ उपत्यकालगायत देशका शहरी क्षेत्रमा वायु प्रदूषण बढेको छ। अबका केहीदिनसम्म हुने वर्षाले वायु प्रदूषण र वन डढेलो कम गर्न सहयोग प्र‍याउने माैसमविद् बताउँछन्।

काठमाडाैँ– अहिले देशका विभिन्न भागमा वर्षा भइरहेको छ। केही हप्तायता पानी नपरेको अवस्था थियो।

माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश (संखुवासभा, सोलुखुम्बु), बागमती प्रदेश (दोलखा, सिन्धुपाल्चोक, रसुवा), गण्डकी प्रदेश (कास्की, बाग्लुङ, म्याग्दी, पर्वत) र लुम्बिनी प्रदेश (रोल्पा, प्युठान, पाल्पा) आसपासको क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

साथै, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको समेत सम्भावना रहेको छ।

वर्षाको फैलावट आज पूर्वबाट उत्तरी  क्षेत्रतर्फ र भोल‍िदेखि दुई/तीन दिन पश्चिममा समेत हल्का वर्षा, असिनाको सम्भावना बलियो हुँदै गएको जलवायु तथा विपदविज्ञ डा धर्मराज उप्रेतीले बताए।

पानी नपर्दा काठमाडाैँ उपत्यकालगायत देशका शहरी क्षेत्रमा वायु प्रदूषण बढेको छ। अबका केहीदिनसम्म हुने वर्षाले वायु प्रदूषण र वन डढेलो कम गर्न सहयोग प्र‍याउने उप्रेतीको भनाइ छ।