सेनेटरी प्याड खरिदमा भ्रष्टाचार: प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा

अख्तियारले बाराको कलैया उपमहानगरमा सेनेटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवालसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।  

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनेटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आर्थिक बर्ष २०७७/७८ र २०७८/७९ का लागि सेनेटरी प्याड खरिदमा प्रतिप्याकेट ७९.१ रुपैयाँ  कायम गरी ठेक्का गरिएको थियो। आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध ५१ लाख ९९ हजार रुपैयाँ बराबरको बिगो माग दाबी गरी मुद्दा दायर गरेको जनाएको छ। 

यस्तै, आयोगले सागरदेवी फर्मा हैटौँडा तथा त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दाबी गरेको छ। सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानूनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साहविरुद्ध पनि लगाएको छ।

आरोपीत सबैलाई बिगो बमोजिम कारबाहीको माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।