देशभर जलवाष्पयुक्त हावाको प्रभाव, हल्का वर्षाको सम्भवना

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ– देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। उच्च पहाडी तथा हिमाली भागका केही र अन्य स्थानका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातसमेत हुनेछ।