कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेटको क्षतिमा १५१ रन बनाएको हो।

काठमाडौँ– हङकङमा जारी चार देशीय टी२० शृंखलाको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ। 

टस हारेर ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेटको क्षतिमा १५१ रन बनाएको हो। कतारका कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए। शहजाब जमिलले ३१ रन बनाए।

नेपालका करण केसी, ललित राजवंशी, सोमपाल कामी, नन्दन यादव र गुलशन झाले समान १-१ विकेट लिए।