नारायणगढ–बुटवल सडक विस्तार: दाउन्ने खण्ड दैनिक ४ घण्टा बन्द

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ।

त्रिवेणी– नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा बुधबारदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ।

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ। चैत ३१ गतेसम्म यो समयसारिणी बन्द कायम रहने छ। 

वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म सडक बन्द गरेर काम गर्ने योजना रहेको छ।