नेपालका कुशल भुर्तेलले सर्वाधिक ३८ तथा आसिफ शेखले ३३ रन बनाए। कप्तान रोहित पौडेल ३७ रन तथा बसिर अहमद ३० रनमा अविजित रहे।
काठमाडौँ– हङकङमा बुधबार शुरू भएको चारदेशीय टी२० शृंखलाको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको छ। कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए। आसिफ शेख ३३ रनमा आउट भए। कप्तान रोहित पौडेल ३७ रन तथा बसिर अहमद ३० रनमा अविजित रहे। नेपालले १६ रन अतिरिक्त पाएको थियो।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको थियो। कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए। शहजाब जमिलले ३१ रन बनाए।
नेपालका करण केसी, ललित राजवंशी, सोमपाल कामी, नन्दन यादव र गुलशन झाले समान १-१ विकेट लिए। प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन्। नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
