बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा मंगलबार राति आगलागी भएको हो।
उत्तरी चीनको हेबेई प्रान्तस्थित एक नर्सिङहोममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ। बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा मंगलबार राति आगलागी भएको हो।
आगलागीबाट बुधबार बिहानसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको छ। नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप उपचारका लागि नजिकैको अस्पतालमा सारिएको छ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। नर्सिङ होमका एक प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चीनमा शिथिल भवन संहिता र कार्यस्थल सुरक्षाप्रति लापरवाह दृष्टिकोणका कारण घातक आगलागीका घटना सामान्य बन्दै गएका छन् ।
जनवरीमा बेइजिङको उत्तरपश्चिम झाङजियाकोउ शहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु भएको थियो।
त्यसभन्दा एक महिनाअघि पूर्वी चीनको रोङचेङ शहरमा रहेको एक निर्माणस्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
