राजनीतिज्ञ, खेलाडी र अन्य व्यक्तिहरूको उपस्थितिमा आयोजित मेरेंगु कन्सर्टको क्रममा दुर्घटना भएको थियो। बीबीसीका अनुसार दुर्घटनामा ११३ जनाको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन्।
काठमाडाैँ– डोमिनिकन रिपब्लिकमा स्थानीय समय अनुसार मंगलबार बिहान एउटा नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या एक सयभन्दा धेरै पुगेको छ।
राजनीतिज्ञ, खेलाडी र अन्य व्यक्तिहरूको उपस्थितिमा आयोजित मेरेंगु कन्सर्टको क्रममा दुर्घटना भएको थियो। बीबीसीका अनुसार दुर्घटनामा ११३ जनाको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन्। भग्नावशेषमुनि पुरिएका सम्भावित जीवित व्यक्तिहरूको खोजी अभियान चलाइएको छ।
आपतकालीन सञ्चालन केन्द्रका निर्देशक जुआन म्यानुएल मेन्डेजका अनुसार यो घटना सान्टो डोमिङ्गोको जेट सेट नाइटक्लबमा भएको थियो। उनले उद्धार टोलीहरू भग्नावशेषमुनि पुरिएका सम्भावित जीवित व्यक्तिहरूको खोजीमा रहेको बताए। नाइटक्लबको छत भत्किएको लगभग १२ घण्टा बितिसक्दा पनि उद्धार टोलीहरूले भग्नावशेषमुनि पुरिएका मानिसहरूलाई जीवितै निकालिएको थियो।

घटनामा राष्ट्रिय स्तरका खेलाडी, राजनीतिज्ञ र संगीतकर्मी पनि घाइते भएका छन्। मेरेंगु गायिका रुबी पेरेज अझै बेपत्ता छिन्। आपतकालीन कार्य सञ्चालन केन्द्रका निर्देशक मेन्डेजले उद्धार टोलीहरू पेरेजको खोजीमा रहेको बताएका छन्। पेरेजको समूहको स्याक्सोफोनिस्टको दुर्घटनामा मृत्यु भएको छ।
नाइटक्लबको छत भत्किनुको कारण तत्काल थाहा हुन सकेको छैन। जेट सेट भवनको अन्तिम निरीक्षण कहिले गरिएको थियो भन्ने बारेमा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। यसैबीच, क्लबले एक विज्ञप्ति जारी गरेको छ। जसमा उनले अधिकारीहरूसँग सहकार्य गरिरहेको भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
