देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको राष्ट्रबैंकले जनाएको छ।
काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा साढे १० खर्बभन्दा बढी विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको हो।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या तीन लाख १७ हजार ६८ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख १७ हजार ४०३ रहेको छ। यो अवधिमा खुद द्वितीय आय ११ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ पुगेको राष्ट्रबैंकले जनाएको छ। त्यसैगरी समीक्षा अवधिमा चालु खाता एक खर्ब ८० अर्ब आठ करोड रुपैयाँले बचतमा रहेको छ।
यो अवधिमा आठ अर्ब ४९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको पनि राष्ट्रबैंकले जनाएको छ। गत फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो। गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो आठ महिनामा १८ प्रतिशतले वृद्धि भई २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्रबैंकमा रहेको सञ्चिति २१ खर्ब ३० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति दुई खर्ब ७८ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
