काठमाडौँ उपत्यकामा वर्षा, तुवाँलो क्रमिक रूपमा हट्ने

दिउँसो कोशी र मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। काठमाडौँमा बिहीबार बिहानदेखि सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   

मौसमविद् डेभिड ढकालका अनुसार वर्षा रातिसम्म जारी रहनेछ। यससँगै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रूपमा हट्ने उनले बताए। 

कोशी र मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा एवं हिमपातको पनि सम्भावना छ।