कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य

टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको हो। 

काठमाडौँ– हङकङमा जारी चारदेशीय टी२० आई सिरिजअन्तर्गत कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको छ। 

टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको हो। 

कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए। मित भावसारले ३५, विलाल ताहिरले ३२ तथा रनराभिजा सान्दारुवानले २६ रन बनाए।

नेपालका लागि सोमपाल कामीले ३ तथा नन्दन यादवले २, ललित राजवंशीले १ र कुशल भुर्तेलले १ विकेट लिए।