डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ घाइते

चट्याङ लागेर बुधबार राति सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको मृत्यु भएको छ।  

डोटी– डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्।

हुरी र असिनापानीसँगै परेको चट्याङ लागेर बुधबार राति सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार मृतक नागरीकी १० वर्षीया छोरी तारा, ८ वर्षीय छोरा अभिषेक, ६ वर्षीय छोरा अवि, तीनमहिने छोरा शकर नागरी घाइते भएका छन्। 

यसैगरी, सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएकी प्रहरी उपरीक्षक शर्माले बताए।