कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र भारी ५ हजार ५२ मतसहित अध्यक्षमा विजयी हुँदा विपक्षी गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत पाए।
काठमाडौँ– कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र विजयी भएका छन्।
बिहीबार सम्पन्न मतगणनामा मिश्रको प्यानल नै विजयी भएको हो। मतपरिणामअनुसार ५ हजार ५२ मत प्राप्त गर्दै मिश्र अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरे।
सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस निकट कानून व्यवसायी संगठनले गठबन्धन गरी अध्यक्षमा मिश्रलाई उम्मेदवार बनाएका थिए। श्रेष्ठको नेतृत्वमा नेकपा माओवादी र रास्वपा, नेकपा एकीकृत समाजवादी लगायत दल निकट कानून व्यवसायीका संगठनले प्यानल बनाएका थिए।
महासचिवमा पनि कांग्रेस-एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४ हजार ८७४ मतका साथ विजयी भए। प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए।
उपाध्यक्षमा कोशीबाट पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन्।
कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
