युद्धले क्षतविक्षत गाजा विश्वविद्यालय विस्थापित प्यालेस्टिनीका लागि आश्रयस्थल बनेको छ भने पुस्तकालयका किताब खाना पकाउने इन्धन बनेका छन्।
गाजाका ठूला विश्वविद्यालयमध्ये एक, गाजा इस्लामिक विश्वविद्यालयमा युद्धअघि लगभग १७ हजार विद्यार्थी थिए। उनीहरूले चिकित्सा र रसायन विज्ञानदेखि साहित्य र वाणिज्यसम्म विभिन्न विषय पढिरहेका थिए। ६० प्रतिशतभन्दा बढी महिला विद्यार्थी थिए।
तर अब त्यो ठाउँमा पहिले विश्वविद्यालय थियो भनेर ठम्याउन कठिन छ। गाजामा इजरायली बमबारी शुरू भएपछि रुग्ण बनेको छ विश्वविद्यालय। त्यहाँको मुख्य सभाहल जलेर नष्ट भएको छ। बम आक्रमणबाट त्यहाँका भित्ताहरूमा ठुलठुला प्वाल परेका छन्। अधिकांश संरचना भत्किएका छन्।
इजरायलले गत मार्च १८ मा युद्धविराम तोडेर पुनः युद्ध शुरू गरेपछि यो विश्वविद्यालय उत्तरी गाजाका सयौँ परिवारहरूको लागि आश्रयस्थल बनेको छ। दर्जनाैँ परिवारहरू त्यहाँका हल र कक्षाकोठामा पाल टाँगेर बसिरहेका छन्। अलजजिराका अनुसार खाना पकाउनका लागि इन्धन नभएपछि उनीहरू त्यहीँको पुस्तकालयबाट किताबहरू ल्याउँछन् र जलाएर त्यसैमाथि खाना पकाउँछन्।

इजरायलले एक महिनाभन्दा बढी समयदेखि गाजामा खाद्यान्न, इन्धन, औषधि र अन्य सबै सामानहरूको प्रवेश बन्द गरेकोले अवस्था भयावह छ। सम्पूर्ण जनसंख्या निर्भर रहेको सहायता एजेन्सीहरूको सीमित आपूर्तिमा नागरिकहरूलाई बाँच्न कठिन भएको छ।
२०२३ को अक्टोबर ७ मा प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायलयमा आक्रमण गरेपछि हमासको सफायामा उत्रिएको इजरायली सेनाको आक्रमणबाट अहिलेसम्म ५० हजारभन्दा धेरै प्यालेस्टिनी नागरिकले ज्यान गुमाइसकेका छन् भने लाखाैँको संख्यामा घाइते भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
