अहिलेको वर्षाले उपत्यकासहित देशैभर बढीरहेको प्रदूषण कम गर्न तथा डढेलो रोक्न मद्दत गरेको छ। तराईंका केही भागमा भित्र्याउनका लागि तयार गहुँबालीमा क्षति पुगेको छ।
काठमाडौँ– पछिल्लो २४ घण्टामा देशका अधिकांश भागमा पानी परेको छ। सुदूरपश्चिम, कोशी र मधेश प्रदेशका केही भागमा भने भारी वर्षा भएको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार बागमती, कोशी र मधेश प्रदेशमा अहिले पनि वर्षा भइरहेको छ। “भोलि र पर्सि पनि सामान्य वर्षा हुनेछ। तर, ठूलो पानी पर्ने सम्भावना भने छैन,” उनले भने।
महाशाखाका अनुसार बिहीबार दिउँसो (पछिल्लो १२ घण्टा)सम्म इलाममा सबैभन्दा धेरै ११० मिलिमिटर पानी परेको छ। यस्तै सर्लाहीमा ८९, पर्सामा ७३, उदयपुरमा ७१, सप्तरीमा ६६ र रौतहटमा ६५ मिलिमिटर पानी परेको छ। काठमाण्डौँमा मध्यम खालको वर्षा भएको छ। कीर्तिपुरमा २९.३, बुढानीलकण्ठ १२.२, पानीपोखरीमा १० र धापड्याममा १० मिलिमिटर वर्षा भएको छ। काठमाडाैँमा परेको वर्षा मध्यम खालको मानिन्छ भने इलाममा निकै धेरै हो। काठमाडौँ उपत्यकामा तत्काल ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविद् दाहाले बताए।
यो वर्षाले उपत्यकासहित देशैभर बढीरहेको प्रदूषण कम गर्न मद्दत गरेको छ। यसबाहेक देशका विभिन्न भागमा लागिरहेको डढेलो रोक्न पनि केही सहयोग गरेको छ। वर्षाका कारण केही ठाउँमा चट्याङ र पहाडी भेगमा सामान्य पहिरो जानसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
अहिले प्रि–मनसुनको समय हो। यो अंग्रेजी महिनाको मेसम्म रहन्छ। यसलाई वर्षायाम शुरू हुनुअगाडिको समयका रूपमा लिइन्छ।
वर्षाले कुन–कुन क्षेत्रमा कस्तो असर?
प्रि मनसुनमा आएको पानीलाई सकारात्मक रूपमा लिनुपर्ने कृषिविज्ञ रामबहादुर केसीले बताए। “अहिलेको पानीले बाली, बोटबिरुवा लगायत वन क्षेत्रलाई राम्रो गर्छ,” उनले भने, “अलि ढिलो पानी परे पनि मध्य पहाडमा लगाइएको मकै बालीलाई एकदमै राम्रो भएको छ।” मकै चैतको अन्तिमदेखि बैशाखसम्म लगाइन्छ। अहिले पहाडी क्षेत्रमा कतै मकै छरिएको छ भने कतै उम्रिएको छ।
तराईंका केही भागमा वर्षाले गर्दा भित्र्याउनका लागि तयार गहुँबालीमा क्षति पुगेको छ। यसबाहेक नयाँ बाली लगाउनेलाई भने यो वर्षाले सकारात्मक प्रभाव पर्ने कृषिविज्ञ दाहालले बताए। यसबाहेक देशका विभिन्न भागमा लगाइएका तरकारी बालीका लागि अहिलेको वर्षात् उपयुक्त भएको छ।
भक्तपुर, नलिन्चोककी कृषक सीता खत्रीले अहिलेको वर्षात्ले तरकारी बालीका लागि राम्रो भएको बताइन्। उनले भनिन्, “मैले बारीमा अहिले काउली, बन्दा, सिमी, बोडी, धनियाँ, साग लगाएको छु। पानी नपरेर सबै सुक्न थालिसकेको थियो। अब बाली हराभरा भएर आउँछ।”
तराईंमा पनि काँक्रा, भिन्डी, सागपात, लगाउने सिजन छ। यसबाहेक आँप, लिची लगायतका फलफूलका पनि राम्रो प्रभाव पार्ने विज्ञ केसीले बताए।
बुधबार रातिको वर्षापछि आएको बाढीले उदयपुरको कटारी नगरपालिका–२अमाहा खोलामा बन्दै गरेको पक्की पुल भाँचिएको छ। यसबाहेक सडक सञ्जालमा खासै ठूलो क्षति भएको छैन। काठमाडौँ उपत्यका प्रवेश गर्ने सडकमा पनि क्षति भएकोबारे अहिलेसम्म कुनै जानकारी नआएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बताए।
“यो वर्षाले अहिले भइरहेको प्रदूषण कम गर्न सहयोग गरेको छ। यसबाहेक अहिलेसम्म कुनै पनि सडकमा ठूलो क्षति वा दुर्घटना भएको जानकारी आएको छैन,” उनले भने।
आगामी २४ घण्टाका मौसम कस्तो छ?
आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
यसबाट हालसम्म देशव्यापी रहीरहेको तुँवालो क्रमीक रुपमा कम हुने पनि महाशाखले जनाएको छ। मेघगर्जन/चट्याङ, वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन पनि मौेसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
