चैत १५ गतेको आन्दोलनमा हिंसात्मक गतिविधि गर्न प्रोत्साहन गरेको आरोपमा प्रहरीले प्रसाईंको खोजी गरिरहेको थियो।
काठमाडाैँ– राजसंस्था पुनर्स्थापना अभियानका कमान्डर एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले जनाएको छ।
सचिवालयले आफ्नो फेसबुक पेजमार्फत केहीबेरअघि उक्त जानकारी गराएको हो। 'राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियान'का संयोजकसमेत रहेका प्रसाईंको सचिवालयले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको जनाएको छ।
"दुई घण्टाअगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षाको लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ,....," फेसबुक स्टाटसमा भनिएको छ। यही कुरालाई लिएर विभिन्न सञ्चारमाध्यमले उनी पक्राउ परेको समाचार लेखेका छन्। तर, नेपाल प्रहरीले भने यसबारेमा कुनै जानकारी नआएको जनाएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले यसबारेमा आफूलाई जानकारी नभएको बताए। "ख्वै हामीलाई त केही थाहा भएन, हामीसम्म त्यस्तो कुनै खबर आएको छैन," उनले भने।
चैत १५ गतेको आन्दोलनमा हिंसात्मक गतिविधि गर्न प्रोत्साहन गरेको आरोपमा प्रहरीले प्रसाईंको खोजी गरिरहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
