न्युयोर्कको हडसन नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु

न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार हेलिकप्टरमा स्पेनका पाँच जनाको परिवार र एक पाइलट थिए। उनीहरू सबैको मृत्यु भएको हो। 

अमेरिकाको न्युयोर्कस्थित हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ। 

डाउनटाउन स्काईपोर्टबाट न्युजर्सीका लागि उडेको हेलिकप्टर बिहीबार हडसन नदीमा खसेको हो।

न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार हेलिकप्टरमा स्पेनका पाँच जनाको परिवार र एक पाइलट थिए। उनीहरू सबैको मृत्यु भएको हो। 

न्युयोर्क प्रहरी आयुक्त जेसिका टिस्चले परिवारलाई जानकारी गराएपछि मात्र मृतको पहिचान खुलाइने बताइन्। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।

न्युयोर्क शहरमा सन् २०१८ र सन् २००९ मा पनि हेलिकप्टर दुर्घटना भएका थिए।