चैत १५ गते राजावादीहरूको आन्दोलनको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने सांसदहरूले माग गरेका छन्।
काठमाडाैँ– चैत १५ गते राजावादीहरूको आन्दोलनको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने सांसदहरूले माग गरेका छन्। शुक्रबार सिंहदरबारमा बसेको कानून समितिको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन्।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौंलाले उक्त आन्दोलनको घटनामा दुर्गा प्रसाईं पक्राउ परिसकेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताए। उनले फागुन ७ मा ज्ञानेन्द्रले आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर ठूलो घटना घटेको भन्दै मृतकलाई श्रदाञ्जली समेत नदिने उनको क्रियाकलापले कहिँ न कहिँ संलग्नता देखिएको बताए। त्यसैले ज्ञानेन्द्रलाई पनि जवाफदेहिताको तहमा ल्याउनुपर्ने उनको माग छ।
त्यस्तै, नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे पूर्वराजा शाहलाई समितिको बैठकमा बोलाएर मानव अधिकार उल्लंघन हो कि होइन? भनेर प्रश्न गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले संविधानको नजरमा सबै बराबर रहेको भन्दै अराजकता मच्चाउने छुट कसैलाई नभएको टिप्पणी गरे।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले तीनकुने घटनाले गर्दा आफूलाई यस्तो खालको प्रवृत्ति बीजारोपण कहाँबाट भयो भन्ने डर लागेको बताए। साथै, यस्तो घटना भविष्यमा पुन: नदोहोरिएला भन्न नसकिने भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने धारणा राखे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
