बिहारमा असिनापानीका कारण २५ जनाको मृत्यु

बिहारमा पानीजन्य प्रकोपका कारण विगत दुई दिनदेखि मृतकको संख्या बढिरहेको सरकारले जनाएको छ।

भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लामा बिहीबार असिनापानीका कारण २५ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको छ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई चार लाख भारतीय रुपैयाँ (चार हजार ६४९ अमेरिकी डलर) आर्थिक राहत दिने घोषणा गरेका छन्।  

बिहारमा पानीजन्य प्रकोपका कारण विगत दुई दिनदेखि मृतकको संख्या बढिरहेको सरकारले जनाएको छ।

मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयलाई निर्देशन जारी गरेको छ।