सुदूरपश्चिमवासीले मनाउँदै गरेको विसु पर्व अर्थात् नयाँ साल नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू यतिबेला घर फर्कन थालेका छन्।
कैलाली– सुदूरपश्चिमवासीले मनाउँदै गरेको विसु पर्व अर्थात् नयाँ साल नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका यतिबेला घर फर्कन थालेका छन्।
कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न शहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल, नेपाल चेक पोस्टले जनाएको छ। चेक पोस्टका अनुसार भारतको मुम्बई, दिल्ली, मथुरा, पुना, गुजरात, सुरतलगायत विभिन्न शहरबाट दैनिक एक हजारभन्दा बढी नेपाली भित्रिरहेका छन्। चाडपर्व नजिएकाले भारत जानेभन्दा नेपाल फर्किने नेपालीको संख्या बढ्न थालेको बताइएको छ।
अन्य विदेशी मुलुक जान बढी खर्च लाग्ने, भिसाको आवश्यकता पर्नेलगायत विविध कारणले धेरै जसो नेपाली रोजगारीका लागि भारत जाने गर्दछन्। लामो समयदेखि भारतको दिल्लीस्थित होटलमा काम गर्दै आएका जयपृथ्वी नगरपालिका–५ का गंगादत्त जोशीले विसु पर्व मनाउनकै लागि घर फर्केको बताए।
“विसु पर्व अर्थात् नयाँ सालमा परिवारका सदस्यहरूबीच एकसाथ भेटघाट हुने र मीठामीठा स्थानीय खानाका परिकार खाइ रमाइलो गर्ने गरिन्छ”, जोशीले भने, “जसले घरबाहिर लामो समयसम्म एक्लो भएर बस्नुपरेको आभास रमाइलोमै बित्छ।”
भारतको कानपुरमा रोजगार गरी घर फर्कँदै गरेका डडेलधुराका धनबहादुर कुँवरले पारिवारिक भेटघाट तथा विसु मनाउन घर फर्केको बताए।
खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर आउने गरिएको पाइन्छ। खेतीपाती नहुने लामो समयको अन्तरालपछि विशेष गरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्दछन्।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाव, हरियाणा, बैङ्लोरलगायत भारतका ठूला शहरमा जाने गर्दछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
