चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोस्टमा कार्यरत एक सैनिकको हतियार सफा गर्ने क्रममा गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
चितवन– हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास रहेका छन्।
ब्यारेकमा सफा गर्ने क्रममा हतियार पड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।
उनका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा घाइते भएका दासको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको हो।
दास चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोस्टमा कार्यरत थिए। बिहान गस्ती गरेर फर्किएर हतियार व्यवस्थापन गर्दै गर्दा उनलाई गोली लागेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
