तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म ८१ किमी सडक पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति भइरहेको छ।
काठमाडौँ– संघीय राजधानी काठमाडौँ र पोखरा जोड्ने विस्तारसँगै सहज बन्दै गएको छ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नतिसँगै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको हो।
तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म ८१ किमी सडक पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति भइरहेको छ।

पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म सडक विस्तारको कामले पनि गति लिएको छ। सो सडकखण्डको २०.५ किलोमिटर सडक चार लेन बन्दै छ भने १८.३ किलोमिटर ६ लेनको बन्ने छ। त्यसैगरी ४ ठूला र ८ साना पुल निर्माण गरिने छ।
७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिमखण्ड विस्तारको जिम्मा लिएको चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले समयमा काम नगर्दा दुई पटक म्याद थप गरिएको छ।

पूर्वीखण्डको भौतिक प्रगति भने ८१ प्रतिशत रहेको सडक विभागले जनाएको छ। बाँकी काम यही आर्थिक वर्षभित्र सक्ने गरी भइरहेको छ। सो खण्डअन्तर्गत दमौली बजार, विमलनगर र नाहाला पुल क्षेत्र गरी करिब ५ किलोमिटर कालोपत्र हुन बाँकी छ।
दमौली बजार क्षेत्रमा बेसको काम सकेर कालोपत्रे गर्न थालिएको र विमलनगर क्षेत्रमा तलबाट पर्खाल लगाएर उठाउने काम भइरहेको छ। यो खण्डअन्तर्गत बन्न पर्ने १७ वटै पुल बनिसकेका छन्। छुट्टै ठेक्का लगाइएको मादी पुलको भौतिक प्रगति ६८ प्रतिशत छ।

२०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम शुरू गरेको थियो। तनहुँको दमौली र डुम्रे बजारमा ६ लेन र बाँकी खण्डमा ४ लेन सडक बन्दै छ। ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा यस खण्डको ठेक्का लागेको हो।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
