हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।

काठमाडौँ– हङकङमा जारी चारदेशीय टी२० शृंखलाको समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध टस जितेर बलिङ रोजेको छ।

मिसन रोड मैदानमा भएको टसमा नेपालले जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको हो। नेपालले अहिले बलिङ गरिरहेको छ।

अपराजित नेपाल ह्याट्रिक जितसहित फाइनल पुग्ने लक्ष्यमा छ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।