मृतकमध्ये चार जना महिला र १० जना बालबालिका छन्। १७ जना घाइते भएका छन्। घटनापछि नागरिकहरूलाई सडकमा ननिस्किन अनुरोध गरिएको छ।
सुडानको उत्तर डारफर राज्यको राजधानी एल फासरमा अर्धसैनिक बल र्यापिड समर्थन समूह (आरएसएफ)ले गरेको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
सुडानी सेनाका अनुसार शुक्रबार उक्त समूहले आत्मघाती ड्रोनमार्फत आक्रमण गरेको थियो। सँगै तोपसमेत प्रहार गरिएको थियो।
मृतकमध्ये चार जना महिला र १० जना बालबालिका छन्। १७ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा भर्ना गरिएको छ। नागरिकहरूलाई सडकमा ननिस्किन अनुरोध गरिएको छ। किनभने आकाशमा अझै यस्ता आत्मघाती ड्रोन देखा परिरहेका छन्।
सुडानी चिकित्सक सञ्जालले एल फासर नजिकै रहेको जमजम नामक विस्थापित शिविरमा आरएसएफले दोस्रोपटक आक्रमण गरेको जनाएको छ। हालसम्म उक्त शिविरमा जनधनको क्षतिको पुष्टि नभए पनि यसरी ठूलो क्षमताको हातहतियार प्रयोग गर्नुले हिंसात्मक गतिविधिको वृद्धि भएको भन्दै सञ्जालले निन्दा गरेको छ।
उक्त स्थान शहरबाट टाढा रहेको र सञ्चार सम्पर्कमा समस्या भएकाले क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ। सन् २०२४ मे १० देखि एल फासरमा सुडानी सेना र आरएसएफबीच लडाइँ जारी छ। यो द्वन्द्व सन् २०२३ को अप्रिलदेखि सुडानमा फैलिएको गहिरो संकटको हिस्सा हो।
संयुक्त राष्ट्रसंघका अनुसार सो द्वन्द्वमा हालसम्म २९ हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। एक करोड ५० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
