हावाहुरीका कारण उत्तर चीनमा हवाई उडान तथा रेल सेवा प्रभावित भएको छ भने समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना, युनिभर्सल स्टुडियोज् पार्कजस्ता पर्यटकीयस्थल अस्थायी रूपमा बन्द गरिएका छन्।
चीनमा शनिबार चलेको तीव्र गतिको हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। बेइजिङलगायत विभिन्न शहरमा सयौँ हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीयस्थल बन्द गरिएका छन्। साथै केही रेल सेवा पनि अस्थायी रूपमा रोकिएका छन्।
चीनको मौसम विज्ञान प्रशासनले जनाएअनुसार यो तीव्र हावा चिसो वायुमण्डलीय चक्रवातका कारण उत्पन्न भएको हो, जुन पूर्व र दक्षिणतर्फ सर्दै शुक्रबारदेखि नै असर पारिरहेको छ।
“अप्रिल १२ गतेको दिन सबैभन्दा तीव्र हावा चल्ने अनुमान छ र केही स्थानहरूमा वायुगति सन् १९५१ यताकै रेकर्ड नाघ्न सक्नेछ,” मौसम विभागले बताएको छ।
बेइजिङले पछिल्लो १० वर्षमा पहिलोपटक उच्चस्तरको ‘हावाहुरी सतर्कता’ जारी गरेको छ। शनिबार बिहानसम्म बेइजिङ राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा ४१३ उडान रद्द भएका छन्।
त्यसैगरी, विमानस्थल जाने एक्सप्रेस मेट्रो र केही तीव्र गतिको रेल सेवा पनि स्थगित गरिएको छ। समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना र युनिभर्सल स्टुडियोज् पार्कजस्ता पर्यटकीयस्थल अस्थायी रूपमा बन्द गरिएका छन्।
बेइजिङ शहरमा करिब ३०० रूख ढलेका छन् र १९ वटा गाडीमा क्षति पुगेको छ, तर हालसम्म कुनै मानवीय क्षतिको खबर प्राप्त छैन।
जलवायु परिवर्तनका कारण यस्ता चरम मौसमका घटना चीनमा बारम्बार देखिन थालेका छन्। गत वर्ष बाढीका कारण दर्जनौँ नागरिकको मृत्यु भएको थियो र हजारौँ विस्थापित भएका थिए। यसैगरी, गत मेमा लगातारको वर्षाले दक्षिणी चीनको एउटा सडक भासिँदा ४८ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
