हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा छपकैयामा दुई पक्षबीच झडप भएको छ।
काठमाडौँ– पर्साको वीरगन्जस्थित छपकैयामा दुई पक्षबीच शनिबार झडप भएको छ। हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्रा छपकैया पुगेपछि दुई पक्षबीच झडप भएको हो।
झडपका क्रममा छपकैया क्षेत्रमा रहेका केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास र हवाई फायर गरेको छ। शोभायात्राका क्रममा अर्को पक्षले ढुंगा प्रहार गरेको यात्रामा सहभागीको आरोप छ।
पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार हनुमान जयन्ती मनाउने क्रममा छपकैयामा दुई पक्षबीच झडप भएको, स्थिति नियन्त्रणमा लिन टियर ग्यास र हवाई फायर गरिएको छ। झडपमा परी सुरक्षाकर्मी र स्थानीय घाइते भएको प्रहरीले जनाएको छ।
हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्तीका अवसरमा वीरगन्जका विभिन्न मन्दिरमा विशेष पूजा आराधना, हनुमान चालिसा पाठ तथा धार्मिक शोभा यात्राको आयोजना हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
