बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा शनिबार भएको आगलागी नियन्त्रणमा आएको छ।

काठमाडौँ– काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा शनिबार भएको आगलागी नियन्त्रणमा आएको छ।

औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। 

“अहिले आगलागी नियन्त्रणमा लिइएको छ। आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ,” उनले भने।