अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै १४१ रन बनाए। उनले ५५ बलमा १४ चौका र १० छक्का प्रहार गरेका थिए।
काठमाडौँ– ओपनर अभिषेक शर्माको शतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हासिल गरेको छ।
हैदराबादले शनिबार राति भएको खेलमा पन्जाब किंग्समाथि घरेलु मैदानमा ८ विकेटको सानदार जित दर्ता गरेको हो।
राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा पन्जाबले दिएको २४६ रनको लक्ष्य हैदराबादले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। अभिषेकले आक्रामक ब्याटिङ गर्दै १४१ रन बनाए। उनले ५५ बलमा १४ चौका र १० छक्का प्रहार गरेका थिए। अर्का ओपनर ट्राभिस हेडले ६६ रन बनाए।
पन्जाबका आर्शदीप सिंह र युजभेन्द्र चहालले समान १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २४५ रन बनायो। कप्तान श्रेयस अय्यरले सर्वाधिक ८२ रन बनाए। प्रभसिमरन सिंहले ४२ रनको योगदान दिए। मार्कस स्टोइनिस ३४ रनमा अविजित रहे।
हैदराबादका हर्शल पटेलले ४ तथा इशान मलिंगाले २ विकेट लिए। जारी सिजनमा ६ खेलमा टोलीको यो दोस्रो जित हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
