भोजपुरमा ट्याक्टर दुर्घटना, वडा सदस्यसहित २ जनाको मृत्यु

दुर्घटनामा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको छ।

भोजपुर– भोजपुर नगरपालिका–३ सेतीबगरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए। 

भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटनामा परेको थियो।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको उनले बताए।