पूर्वप्रहरी महानिरीक्षक प्रदीपशसशेर राणाको निधन

२०५७ असोजदेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका राणाको ७८ वर्षको उमेरमा शनिबार राति निधन भएको हो।

काठमाडौँ– नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रदीपशमशेर राणाको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा शनिबार राति नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

राणाको आइतबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन्। उनी २०५७ असोजदेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए।